बसले माेटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गयो
गुल्मी | मंसिर ११, २०८०
गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका–४ सेउघाका १९ वर्षीय विवेक झाँक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आज सोमवार बिहान सदरमुकाम तम्घासमा रहेको विद्यालयबाट घर जाने क्रममा रेसुङ्गा–४ अर्खलेमा लु ८७ प ९८१ नम्बरको मोटरसाइकललाई विपरीत दिशावाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभएको छ ।
तम्घासको महेन्द्र नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत मगर बिहानको पढाइ सकेर घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
पोखरा: थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...
पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा ...

